शौचालय व्यवस्थापन गर्ने बारे फुङलिङ नगरपालिकाको अत्यन्त जरुरी सूचना !

यस फुङलिङ नगरपालिकामा घरधनीहरुबाट सडक क्षेत्राधिकार भित्र विशेष गरेर बजार क्षेत्रमा निर्माण गरेका शौचालयहरुको सेफ्टी ट्याङ्की सडक क्षेत्राधिकार भित्र रहेको हुनाले सडक स्तरोन्नती गर्न कठिनाई भएको हुदाँ सम्बन्धित घरधनीहरुले मिति २०८०।०३।३१ गते देखी ३० दिन भित्रमा सडक क्षेत्राधिकार भित्र निर्माण भएका सेफ्टी ट्याङ्कीहरु व्यवस्थापन गरी सहयोग गर्न हुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशन/प्रशारण गरिएको छ ।